पर्साका बिरगंज कात्तिक ६ गते – बिरगंजमा छुरा प्रहार गरि एक महिलाको हत्या भएको छ । छुरा प्रहारबाट वीरगंज महानगरपालिकाको वडा नं.१४ बहुअरी निवासी ३५ बर्षिय महिमा खातनुको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार राति ९ बजे श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको आइतबार विहान १० बजे मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भिर घाइते महिमाको वीरगंज हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको छ ।