काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासनसहित जनताको हितमा परिणाम देखिने काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सम्मान कार्यक्रममा उहाँले आफूसँग विगतमा सरकार चलाएको अनुभव भएको र पार्टीभित्रको घेराबन्दी समेत नभएकोले जनहितमा काम गरेर परिणाम देखाउने वाचा गर्नुभयो ।
उहाँले विपद् पीडितलाई उद्धार र राहत तथा पुनर्स्थापनालाई प्राथमिकता दिने पनि बताउनुभयो । नयाँ सरकार बनेपछि देशमा आशा जागेको पनि प्रधानमन्त्री ओलीको दाबी छ ।
