Friday, January 17, 2025

अवैध सामग्रीसहित युवक पक्राउतिलोत्तमा । रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले साढे ११ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१, भगवानपुरबाट लु १ च ३५२२ नम्बरको बलेरो पिकअप गाडीमा ल्याइँदै गरेको काठको ढोका, टायल, कलर लगायतका सामान बरामद गरेको छ ।गाडीसहित ७ लाख ७ हजार रुपैयाँ बराबरका ती सामग्री भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएको भन्दै प्रहरीले बरामद गरेको हो ।रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको छ ।त्यस्तै, जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, आवारोडस्थित भारतबाट नेपालतर्फ भन्सार छली पैठारी गरी लु १ ह २६४३ नम्बरको अटो रिक्सामा ल्याउँदै गरिएको २४ पेटी टायल पनि बरामद गरेको छ ।टायल र अटोसँगै प्रहरीले भारतको महाराजगन्ज थाना फरेन्दा घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. १३ भैरहवा बसपार्क बस्ने २४ वर्षीया औरेन्ज चौहानलाई पनि नियन्त्रणमा लिएको छ ।अटो रिक्सासहित टायलको अन्दाजी मूल्य ४ लाख ४० हजार कायम गरिएको प्रहरी भनाइ छ । बरामद गरिएका सामान र अटो रिक्सासहितह ती युवकलाई पनि आवश्यक कारबाहीका लागि भैरहवा भन्सारमा बुझाइएको डीएसपी अर्यालले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles