Tuesday, January 21, 2025

पर्साको वीरगन्जमा नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला परेको छ,! आइतबार बिहान वीरगञ्ज-: महानगरपालिका-१० मा रहेको मुख्य नाला सफा गर्ने क्रममा उक्त संख्यामा गोली फेला परेको हो ।

ताजा / भरखरै प्राप्त

नालाभित्र फोहोरमा प्लास्टिकको झोलामा पोका पारी राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि सरसफाइमा खटिएका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । खबर लगत्तै पुगेको आदर्शनगर प्रहरी चौकीको टोलीले जनप्रतिनिधिको रोहवरमा खोलेर हेर्दा गोली फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गोली एसएसआर, हर्नेट, बोर, फेडेरल, विनचेस्टरमा लाग्ने प्रकारका रहेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles