Friday, January 17, 2025

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबारको संसद बैठकमा सरकार ढल्नसक्ने अभिव्यक्ति दिए । उनले बजेट वितरण समानुपातिक नभएको भन्दै सरकार ढल्न सक्ने अभिव्यक्ति दिएका हुन् । पछिल्लो पटक माओवादीसहितको समाजवादी केन्द्र बनाउन लागिपरेका नेताहरु अहिले पुरानो नेकपा व्यूताउन तयार रहेको बताउन थालेका माधव नेपालले सरकारमाथि नै धावा बोलेका हुन् ।

ताजा / भरखरै प्राप्त

तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा औपचारिक रुपमा विघठन भएपछि अहिले एमाले र माओवादी पुरानै अस्तित्वमा फर्केका छन् । एमाले भने विभाजित अवस्थामा रहेको छ । एमालेका तत्कालिन महासचिव माधव नेपालले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएका छन् । त्यसकै आधारमा अहिलेको सरकारमा पनि सहभागी भएका छन् । तर उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन र सरकार ढाल्ने अभिव्यक्ति दिएर चर्चामा देखिएका छन् ।

शनिबार भक्तपुरमा आयेजित नेकपा एस भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताएका थिए । आइतबार वर्तमान प्रचण्ड नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका थिए ।

शनिवार उनले प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्युँताउन तयार रहेको बताएका थिए । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि लगाउदै तत्कालिन नेकपा व्यूताउनु पर्ने प्रस्ताव गरेका हुन् । उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसी नरहने जिकिर गरे ।

उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरुले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए । ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन,’ उनले भने ।

समाजवादी मोर्चा बनाउने विषयमा शुक्रबार साँझ मात्र प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहितका नेताबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल भएको थियो । छलफलका लागि विप्लव धुलिखेलमा सञ्चालित पार्टीको प्रशिक्षण कार्यक्रम सकेर काठमाडौं आएका थिए । समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा बताइएको थियो ।

शान्ति प्रक्रियाका कतिपय मुद्दा टुंगिन बाँकी रहेको र त्यही भएर हामी समाजवादी मोर्चा बनाउने निष्कर्षमा पुगेको नेताहरुको दावी थियो । यस क्रममा केही पूर्वमाओवादी घटकबीच त एकता नै गर्ने तयारीमा समेत थिए । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी विभाजन भएर अहिले ७÷८ वटा दल बनेकाले एकता गर्ने तयारी भएको थियो । तर यही बेला माधव नेपालले पुरानो नेकपा व्यूताउने विषय निकालेपछि नेताहरु सशंकित बनेका छन् ।

आइतबार भने फरक अभिव्यक्तिका साथ प्रस्तुत हुँदा माओवादीका नेताहरु पनि थप शंकित बनेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरे । ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ,’ नेपालले भने, ‘सरकार दुर्घटनामा जान्छ।’

उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिएका थिए । ‘तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ,’ नेपालले भने, ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ ।’ विपक्षीहरुले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् । साथै, पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ ,!!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles