नियन्त्रित लागूऔषधसहित पक्राउमोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभिन ५ सय ७६ ट्याब्लेट, निट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डिसी २ बोतलसहित सुनसरी धरान उपमहानगरपालिका-१८ बस्ने ३१ वर्षीय दिवस लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ६५४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनी लुकाई ल्याएको उक्त नियन्त्रित लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।सप्तरी, बोदेबर्साईन नगरपालिका-५ सत्रुध्न चौकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० पीससहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खडक नगरपालिका-४ पन्सेरा बस्ने २२ वर्षीय राजु चौधरी र सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश कुमार चौधरी रहेका छन् । प्र.२.०१-००२ प ९८५४ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
Next articleबरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरिएकोकाठमाडौं, विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका-११ का वडाअध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ ।उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।