Friday, January 17, 2025

फेवाताल मिचिदै जाँदा जलारी समुदाय चिन्तितविमल क्षेत्रीकास्की । फेवातालमा माछा मारेर जिविकोपार्जन गर्दै आएकाजलारी समुदायलाई माछा पाउन छाडेपछि दैनिकी गुजार्न समस्या परेको छ ।कुनै वेलाहर्पन खोलासम्म माछा मार्न जाने उनीहरुलाई ताल साँघुिरँदै जाँदा आफ्नो पुख्र्यौली पेसा संकटमा पर्ने हो की भन्ने चिन्ताले सताउन थालेको हो ।प्रदुषित पानी, जलकुम्भी र प्राकृतिक तथा मानवीय अतिक्रमणको चपेटामा परेको फेवाकै अस्तित्व संकटोन्मुख भैरहँदा जलहरी समुदायको पुर्खौली पेशा पनि संकटमा पर्ने खतारा बढ्दै गएको छ ।पोखरामा फेवाताल नै अस्तित्वको संकटमा आईपुग्दा फेवातालमा पुस्तौदेखि आश्रित जलारी समुदाय यतिवेला चिन्तित बनेका छन् ।साघुरिँदै गएको फेवाताल प्रदुषणको मारमा परेकाकारण तालमा माछा पाउँनै मुस्किल परेपछि तालमा माछा मारेर जिवन चलाउने जलारी समुदायको पेशा समेत संकटमा परेको हो ।कुनै वेला फेवामा एक पटकमा ५० किलोग्राम भन्दा वढी माछा मार्ने गरेका जलारी समुदायलाई अहिले दिनमा मुस्कीलले ८÷१० किलो माछा भेट्न पनिमुस्किल छ ।फेवाकिनारको मुख्यगरी खपौदी क्षेत्रमा जलारी समुदायको बाक्लो बस्ती रहेको छ । झण्डै सय परिवारहरु पुर्ण रुपमा फेवाको माछामै निर्भर रहेका छन् ।प्रदुषित पानी, जलकुम्भी र प्राकृतिक तथा मानविय अतिक्रमणका कारण फेवाको अस्तित्वमै संकटमा पुग्दा त्यसैमा निर्भर रहेको यो समुदाय पनि प्रत्यक्ष रुपमा प्रभावित भएको छ ।बाढी पहिरोले तालको स्वरुप परिवर्तन गर्ने गरेको छ भने भएका माछा समेत बगाउने गरेको छ ।पुरानो समयमाहुने र भेटिने गरेकाशहर माछाका प्रजातीहरु भेटिन छाडेपनि फेवामा हर्पन फेवामत्स्य सहकारी संस्था लिमिटेड सञ्चालन गरी दैनिक रुपमा मारिएका माछाहरुको विक्रि वितरण र माछा पालन हुँदै आएको छ ।पछिल्लो समय फेवाताल आसपासमा जथाभावी रुपमा सडक निर्माण कार्य तिव्र रुपमा भइरहेको छ ।सडक निर्माणकाले गर्दा त्यसको प्रत्यक्ष असर स्थानीय जातका माछामा समेत पर्ने गरेको छ ।विगत ६ दशकयता ५० प्रतिशत तालको क्षेत्रफल घटेको छ । माटो र बालुवाले पुरिएसँगै जलकुम्भीले ताल भरिँदा स्थानीय प्रजातीका माछा लोप हुँदै गएको हो ।पटक–पटकको निर्वाचनमा जलारीको समस्या सम्बोधन गर्ने आश्वासन पाए पनि उनीहरुका समस्या भने ज्युँकात्युँ छन् ।साभात

ताजा / भरखरै प्राप्त

Previous article
Next article
मन्सुर खान बिरगंज साउन १० गते । समुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र नेपाल राष्ट्रिय बिधापिठ माध्मिक विद्यालय पर्साको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ शाह दरवार होटल श्रीपुर स्थित नेपाल राष्ट्रिय विद्यापिठ माध्मिक विद्यालयका कक्षा ९,१० र ११ का छात्र-छात्राहरूलाई लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनिराम थापा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाही, महिला तथा वाल वालिका, जेष्ठ नागरिक सेवा केन्द्र पर्साका प्रहरी निरीक्षक मनिषा लौडारी,विभिन्न संघ संस्थाका प्रतिनिधी, सेवा केन्द्रका अध्यक्ष राम सर्राफ, संचारकर्मीहरू लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles