Thursday, April 23, 2026

राष्ट्रिय विपद् जोखिममा परेका जिल्ला राैतहट ;

ताजा / भरखरै प्राप्त

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौंमा गएर गौर नगरपालिकाको नगरप्रमुख शम्भु_साहले पता लगाउदा रौतहट बाट ५ #स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाको पत्र सम्बन्धी जिल्ला प्रशासन मार्फ़त कुनै किसिमको पत्र अथवा ज्ञापन आएको छैन भन्ने पछि काठमाण्डौ बाट गौर आएर शम्भु साहको पहलमा गौर लगायत पांच पालिकालाई बाढ संकटग्रस्त क्षेत्र घोषणा गर्ने प्रयास ७ बुँदे निर्णयहरु भएको छ ।

निर्णयहरु
१. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, गौर, रौतहटको प.सं. २०८१/०८२, च.नं. ३० मिति २०८१।०७/०४ गतेको प्राप्त पत्रानुसार २०८१ आश्विन ११ र १२ गते आएको वर्षा र बाढीवाट कटानभएका तथा क्षतिभएका बाँध-तटबन्धहरुको मर्मत सम्भार निर्माणका लागि सम्बन्धित निकायमा आवश्यक बजेट विनियोजनका लागि गरिएको सिफारिस अनुमोदन गर्ने निर्णय गरिएको छ ।

२. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौंको च.नं. ४४७ मिति २०८१।०७/०८ गतेको पत्रानुसार मिति २०८१ असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी तथा डुबानबाट प्रभावितलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन नेपाल सरकारको २०८१ असोज २१ को निर्णयानुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका (राजपुर, राजदेवी, परोहा, गढीमाई, दुर्गाभगवती) स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन कोषवाट तोकिए बमोजिमका कार्यक्षेत्रहरुमा खर्च गर्न रु. ५० लाखको दरले जम्मा रु. २ करोड ५० लाख निकासा गरिएको रकमको अनुमोदन गर्ने निर्णय गरियो ।

३. मिति २०८१ असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी तथा डुबानवाट यस जिल्लामा मृत्यु भएका ४ जना मृतकमा नजिकका हकदारलाई र. २ लाखका दरले जम्मा रु. ८ लाख उपलब्ध गराइएको राहत रकम र घर पूर्ण क्षति भएका व्यक्तिहरु मध्ये राहतको लागि निवेदन दिएका ३३ जनालाई रु. १५ हजारको दरले जम्मा रु. ४ लाख ९५ हजार वितरण गरिएको राहत रकमकोअनुमोदन गरिएको छ ।

४. जिल्ला प्रशासन कार्यालय, ललितपुरको च.नं. २३७० मिति २०८१।०७।०६ गतेको पत्रवाट मिति २०८१ असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी तथा डुबानमा परी यस जिल्लाका व्यक्तिहरु मृत्यु तथा वेपता भएकोले निजहरुका हकदारलाई रौतहट जिल्लावाटै राहत उपलब्ध गराउने भनी लेखिआएकोले मृत्यु तथा वेपता भएका ३ जना मध्ये सम्पर्कमा आएका २ जनाका नजिकका हकदारलाई रु. २ लाखका दरले जम्मा रु. ४ लाख वितरण गरिएको रकम अनुमोदन गर्ने निर्णय गरिएको छ ।
५.मिति २०८१।०३।२८ गते जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ नारायणगढ-मुग्लिन सडक खण्डको सिमलताल स्थानमा काठमाडौँबाट रौतहट आइरहेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बसलाई अचानक माथिबाट आएको पहिरोले बसलाई बगाई त्रिशुली नदीमा खसाली यात्रुवाहक बसमा रहेका यात्रुहरुको सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१।०३।३१ को निर्णय बमोजिम तथा जिल्ला प्रशासन कार्यालय, चितवनको च.नं. ४८७ मिति २०८१।०४।२२ गतेको पत्रवाट प्राप्त मृतकका आफन्त (पिडीत)
परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषवाट
राहत रकम उपलब्ध गराउन लेखिआएकोमा राहत रकम बुझ्न छुट
भएका १ जनालाई रु २ लाख वितरण गरिएको राहत रकमको अनुमोदन गरिएको छ ।

६. २०८१ असोज ११ गतेको बाढीवाट बागमती तथा लालबकैया नदीको क्षति भएका भत्केका तटबन्धहरु यथाशीघ्र मर्मत सम्भार तथा पुनः निर्माण गर्न आयोजना कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

७. नेपाल सरकारको २०८१ असोज २१ को निर्णयानुसार यस जिल्लाका ५ वटा स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा बागमती नदी र लालबकैया नदीमा आएको बाढीका कारण कृषि ज्ञान केन्द्र रौतहटको प्राप्त विवरण अनुसार किसानहरुको कृषिवाली, वीउ/वेर्ना र भौतिक पूर्वाधारमा भएको क्षतिको आधारमा तपसिल बमोजिमका थप
(५ वटा) स्थानीय तहहरुलाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौँ मार्फत नेपाल सरकारलाई
अनुरोध गर्ने निर्णय गरिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles