ट्राफिक प्रहरीको असुलीले बारामा यातायात व्यवसायी आजित
कलैया । बारामा ट्राफिक प्रहरीले अवैध असुली धन्दा चलाइरहेको छ । ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्यट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ । कलैया उपमहानगरपालिकाको मुख्य स्थान मानिने भरत चौक र भरत चौकमा ट्राफिक प्रहरीले अवैध असुली धन्दा चलाइरहेको खुलेको हो । साईड नपाएर एम्बुलेन्सको साईरन बजिरहे तर हेर्ने कोही भएनन् ,बिच बाटोमा नै बस अड्काएर यात्रु लोड गर्ने झन समस्या थपिएको छ । ट्राफिक प्रहरीहरुले आज मात्र नभई दिनहुँ नै यहीँ बसेपनि कसैलाई कारवाही नगर्दा यस्तो स्थिति आएको हो । कलैया उपमहानगरपालिकाले धेरै ठाउँमा पार्किङ र नो पार्किङ लेखिएको होडिङ्ग बोर्डहरु लगाएका छन् । तर त्यसको कहि कतै पालना भएको छैन । कलैयाको भरतचौक देखि बरेवा दरबार जाने बाटोमा बटुवालाई हिलडुल गर्न समेत मुश्किल हुने गरेको छ ।
देवकोटा चौक ,मच्छरहटा चौक ,हनुमान चौक , अदालत रोड , दहि बजारको क्षेत्र , बरेवा दरवार ,जिल्ला प्रशासन कार्यालय तथा अन्य मुख्य सडकमा गाडीको जाम हुँदा पनि ट्राफिक प्रहरीले कारवाही गर्न नसक्नु दुखद हो । जसले ट्राफिक व्यवस्था चुस्त दुरुस्त राख्ने उसैले नै नदेखेको जस्तो गरेर समस्या आएको हो ।
जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट अवैध रकम असुली गर्ने गरेका छन् । यस बिषयमा उनीहरूसँग बुझ्दा जिल्लाले रकम असुली गर्न दायित्व दिएका कारण आफुहरू मिलाएर रकम लिने गरेको स्विकार्छन । ट्राफिक प्रहरी कर्यालय बारा मातहत रहेको विभिन्न अस्थाई कार्यालयले विभिन्न माल बाहक सवारी साधनको चेकजाँचको बहानामा सवारीसाधनहरु सित रकम असुली गरेको पाएको छ ।
बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको चालकले बताएका छन् । मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।
ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत हरेक चौक चौकमा खटिएका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको
दावी छ । भारतिय सवारी चालक लाई ट्राफिक प्रहरीले अनावशयक रुपले रोकेर कागज पत्र दिनु भनि आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर ट्राफिक प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १ हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेको छ। प्रत्येक दिन हजारौं सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारी चालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको छ । अहिले मालवाहक ट्रक, ट्यांकर , टिपर , माल बाहक जीप तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई महिनावारी रुपमा पास गराउँदै आएका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर १ हजार देखि २५०० सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।
त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ । ट्राफिक प्रहरीले प्रत्येक ओभर लोड एक सय टन बोक्ने ट्रकबाट मासिक ५ हजार रूपैयाँ असुल्ने गरेको छ भने, जिल्ला भरका टिपरबाट पनि मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ । त्यस्तै साना तथा ठुलठुला सवारी साधान, भारतीय नम्बर प्लेटका सवारीसाधनहरूबाट समेत विभिन्न बहानामा ट्राफिक प्रहरीले रकम असुल्ने गरेको तथ्य प्राप्त भएको छ ।
पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन् । म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायीसंघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ । दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुखदिने गर्छ। त्यसैले पनि सवैबाट थारै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं।’


