११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आजको यो विशेष दिन, नारीहरुको साहस, शक्ति र संघर्षको प्रतीक हो। यो दिन, हामी सबैलाई लैंगिक समानताको महत्व र नारीहरुको योगदानलाई सम्मान गर्न प्रेरित गर्दछ।
उनीहरुले घर, समाज र राष्ट्र निर्माणमा अतुलनीय योगदान पुर्याएका छन्। तर, अझै पनि हाम्रो समाजमा लैंगिक विभेद र हिंसा विद्यमान छ।
यस अवसरमा, हामी सबैले नारीहरुको सम्मान र सुरक्षाको लागि प्रतिबद्धता व्यक्त गरौं। उनीहरुलाई समान अवसर प्रदान गरी, उनीहरुको क्षमतालाई उजागर गर्न सहयोग गरौं।


