Tuesday, April 28, 2026

ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ:-

ताजा / भरखरै प्राप्त

विर्तामोड । झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना बरामद गरेको छ ।बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाडौं जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसीले बताए ।
उनका अनुसार, काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बस्दै आएका सानुबाबु तामाङले बोकेको झोला र सुटकेसभित्र बोधिचत्त फेला परेको थियो । त्यसपछि सोधपुछ गर्दा कागजपत्र र बिल नभएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । धार्मिक महत्वका कारण बोधिचित्त निकै महँगो मूल्यमा बिक्री हुन्छ । नेपालका बोधिचित्त चीनतर्फ तस्करी भएर जाने गरेको छ ।
नव जनप्रहार सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles