Monday, April 27, 2026

मोरङ प्रहरीद्वारा ३०० किलो गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको बताएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको प्रहरीले बताएको छ ।
गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका
थिए । घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles