भोलि १५ गते (बिहीबार) काठमाडौँमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जहरुलाई निर्देशन ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख,प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन मातहतका सबै प्रहरी इन्चार्जहरुलाई निर्देशन दिएका छन्।


