Wednesday, April 29, 2026

चेकजाँच अभियानसुरु सडकसुरक्षा र नियम पालना गर्ने उद्देश्य:-

ताजा / भरखरै प्राप्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा सवारी नियम उल्लङ्घन न्यूनीकरण गर्न र सडक सुरक्षालाई बलियो बनाउने लक्ष्यसहित विशेष ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेका छन् ।

पर्साका बिरगंज घण्टाघर क्षेत्रमा चालकहरूलाई नियम पालना गर्न प्रेरित गर्दै ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाउनका लागि कार्यान्वयनमा ल्याइएको बताइएको छ ।

ट्राफिक प्रहरी निरीक्षक लोक राज भट्टको नेतृत्वमा सञ्चालित अभियान अन्तर्गत प्रहरी सहायक निरीक्षक (असई) देवश श्रेष्ठको समन्वयमा खटिएको प्रहरी टोलीले हालसम्म हेलमेट नलगाउने, सवारी अनुमति पत्र नबोक्ने, र लापरवाहीपूर्ण सवारी सञ्चालन गर्ने ५ जनालाई अनलाइन चलान मार्फत जरिवाना तथा १५ जनालाई सवारी चिट काटेर कारबाही गरेका छन् ।

प्रहरी निरीक्षक भट्टले बताएअनुसार, “सडक सुरक्षामा कुनै सम्झौता हुने छैन । हाम्रो मुख्य उद्देश्य नागरिकको जीवन र सुरक्षाको सुनिश्चितता हो। नियम उल्लङ्घन गर्ने जो कोही पनि कानूनी कारबाहीको दायरामा आउने छन् ।”

ट्राफिक चेकजाँच अभियानले चालकहरूमा सजगता बढाएको छ, भने स्थानीयवासीहरूबाट समेत यस अभियानको सकारात्मक स्वागत गरिएकआ छन् । नियमित चेकजाँचले हेलमेट प्रयोग, सवारी अनुमति पत्र बोकेर हिँड्ने, र सुरक्षित गति सीमा पालना गर्ने संस्कार विकासमा सहयोग पुर्‍याएको छ।

आगामी दिनहरूमा यस अभियानलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँचसहित जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले सबै वीरगञ्जवासीलाई ट्राफिक नियमको कडाइका साथ पालना गर्न, र सुरक्षित, जिम्मेवार चालक बन्न प्रहरीले आग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles