चोरिएको बाइक बेवारिसे फेला परेपछि प्रहरी चौकीमा ल्याएर रातारात मोटरसाइकलको नयाँ चक्का निकालेर पुरानो थोत्रो चक्का राख्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरी बृत थिमीमा कार्यरत ३ जना प्रहरी छानबिनमा तानिएका छन्।
मोटरसाइकल चालकले आफ्नो साटिएको नयाँ चक्का पाइसकेका छन्। छानबिनमा तानिएका प्रहरी जवानहरु मध्ये कोहि यसमा दोषी ठहरिए उनीहरु विरुद्ध चोरी सम्बन्धि मुद्दा दायर गरिने जानकारी प्रहरी वृत थिमीबाट जानकारी प्राप्त भएको जनाइएको छ ।
हराएको मोटरसाइकल प्रहरी वृत थिमीले आफ्नो नियन्त्रणमा लिएपछि रातारात त्यसको चक्का परिवर्तन गरिएको बारे Namaste Bhaktapur मा त्यसबारे समाचार प्रकाशित भएको थियो बताइएको छ ।


