


सर्लाही, जिल्लाका ईलाका प्रहरी कार्यालय केशरगंज र सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण, हे.क्वा. सर्लाहीको संयुक्त टोलीले इस्वरपुर नगरपालिका–१२ स्थित पिपल दमार तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानमा अवैध गाँजा खेती फडानी गरेको सर्लाहीका प्रहरीले जनाएको छ ।
संयुक्त सुरक्षाकर्मीको टोलिले करिब ४ बिगाहा क्षेत्रमा अवैध रूपमा लगाइएका करिब १८,५०० वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको सर्लाही प्रहरीले जनाएको हो।
चुरे क्षेत्रमा भइरहेको अवैध खेती नियन्त्रण तथा अपराध नियन्त्रणका लागि आगामी दिनमा पनि यस्ता कारवाही निरन्तर जारी रहने सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपीले जनाएको छन् ।


