Tuesday, April 28, 2026

काठमाडौंको माइतीघरमा जेनजीका ढुंगाना समुहद्वारा प्रदर्शन:-

ताजा / भरखरै प्राप्त

माइतीघर मण्डलामा अनुमति नलिइ आन्दोलन गर्न पुगेका जेनजी अभियान्तालाई प्रहरीले अघि बढ्न दिएको छैन। जेनजी अगुवा मिराज ढुंगानासहितको टोलीले आजदेखि माइतीघरमा आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।

तर प्रशासनले आन्दोलनका लागि आवश्यक अनुमति नदिएपछि प्रदर्शन अवरुद्ध भएको हो। अनुमति नपाए पनि अघि बढ्न खोज्दा प्रहरीले ढुंगानासहितका अभियान्तालाई रोकेको थियो। सो क्रममा प्रहरी र अभियान्ताबीच धकेलाधकेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रहरीले सार्वजनिक स्थलमा शान्ति–सुरक्षाको अवस्था कायम राख्न अनुमति आवश्यक पर्ने भन्दै आन्दोलन अघि बढ्न नदिएको जनाएको छ। उता, जेनजी अभियान्ताहरूले भने आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा अवरोध गरिएको आरोप लगाएका छन्।

घटनापछि माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र थप अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ। आन्दोलनका कार्यक्रमहरूबारे आगामी रणनीति तय गर्न अभियान्ताहरू आन्तरिक छलफलमा रहेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles