Wednesday, April 29, 2026

मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु:-

ताजा / भरखरै प्राप्त

मोटरसाइकल अनियन्त्रित भई दमकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गएराति दमक नगरपालिका– ७ स्थित लालीगुराँस टोलको भित्री सडक खण्डमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको जस्तो देखिने बागमती प्रदेश –०२–०१७ प ३३४४ नम्बरको २२० सिसीको पंल्सर मोटरसाइकल अनियन्त्रित भई बाटोको पूर्वपट्टि पानी भएको ढलको नालीभित्र पसेर दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकलसहित चालक राई लडिरहेको देखेर स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles