
सशस्त्र प्रहरी बल नेपाल पर्साले १२० के.जी.प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको जानकारी दिएको छ ।
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनिभाठा गाउँ स्थित धुतहा खोलाको किनारमा सशस्त्र प्रहरी बल, नेपाल विओपि प्रसौनिभाठाबाट खटिगएको टोलिलाई देखी केही ब्यक्तिहरुले नेपालबाट भारत तर्फ बोकेर लैजाँदै गरेको ८ वटा प्लाष्टिकको पोका छोडि त्यो ब्यक्तिहरु भागि गएकोमा उक्त पोकाहरु खोली हेर्दा १२० के.जी. लागु औषध गाँजा फेला पारेको र उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक प्रकृया पुरा गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सुचना अधिकारी
स.प्र.ना.उ.विश्वराज योन्जन
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा ।


