नेपाल प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले डिएसपी बढुवाको लागि चर्को लबिङ सुरु गरेका छन् । रिक्त रहेका २१ डिएसपी पदका लागि १२९ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धीहरूमध्ये २०६४ सालमा भर्ना भएका एक जना इन्स्पेक्टर, २०७१ सालमा बढुवा भएका समूहका चार जना र बाँकी १२४ जना २०७२ सालमा भर्ना भएको टोलीका इन्स्पेक्टरहरु रहेका छन्।
सिनियारिटीको आधारमा अगाडिका पाँच जना बढुवा सूचीमा पर्ने निश्चित देखिए पनि बाँकी १६ पदका लागि १२४ जनाबीच कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको देखिन्छ ।
यही कारण डिएसपी बढुवा प्रक्रिया प्रहरी संगठनभित्र जटिल र संवेदनशील बन्दै गएको स्रोतले जनाएको छ ।


