Sunday, May 31, 2026

मोटरसाइकल चोरी संलग्नमा दुई जना सर्लाही प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

मोटरसाईकल चोरीका घटनाहरु बढेकाले स्थानियहरुले जानकारी दिइएको आधारमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
जिल्ला सर्लाही बागमती नगरपालीका वडा नं.१२ भरततालको पार्किङ स्थलमा राखिएको ना ४२ प ८०५६ नं.को २२० सि.सि. पल्सर मोटरसाईकलको तार काटी चोरी गरी लैजादै गरेको अवस्थामा जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १५ बोरडाँडा टोल बस्ने बुद्धमान न्यासुरको छोरा बर्ष २२ को श्यामलाल न्यासुर र ऐ.ऐ. देउराली टोल बस्ने ज्ञान बहादुर मोक्तानको छोरा अं.बर्ष २३ को मिम कुमार मोक्तान ना ४२ प ८०५६ र बागमती प्रदेश ०२-०४८प १६५६ नं को मोटरसाईकल नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles