Sunday, May 31, 2026

नवलपुर पुर्व-पश्चिम राजमार्ग कावासोती जंगलमा सवारी दुर्घटना:-

ताजा / भरखरै प्राप्त

नवलपुर (पूर्व) पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा आज बिहान सवारी दुर्घटना भएको जनाइएको छ।

कावासोतीबाट चोरमारा तर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८४७२ नम्बरको ट्रक बिहान करिब ४:३० बजेको समयमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब ४० फिट तल खस्न गई दुर्घटनाग्रस्त भएको बताइएको छ ।

दुर्घटनामा ट्रक चालक देवचुली नगरपालिका–१६ निवासी ४५ वर्षीय महेन्द्र शाही सकुशल रहेको छन्। सहचालक कावासोती नगरपालिका–९ निवासी २३ वर्षीय सन्दिप परियार ट्रकभित्र खुट्टाको भाग च्यापिएर घाइते भएको बताइएको छ ।
घटनास्थलमै उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुर (पूर्व) बाट प्रहरी निरीक्षक बिनोद अधिकारीको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका छन् दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles