Saturday, May 30, 2026

सशस्त्र प्रहरीद्वारा दुई केजी गाँजासहित भारतीय नागरिक इमरान पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी अवैध लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक इमरान अहमद रहेका छन् । उनलाई हिजो सोमबार दुई केजी ९६ ग्राम गाँजासहित सशस्त्र प्रहरी बल नेपालको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार श्रीलंकाको कोलम्बोबाट UL 181 नम्बरको श्रीलंकन एयरलाईन्सको उडान मार्फत काठमाडौं आएका इमरानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार रि-चेकिङ एरियामा सशस्त्र प्रहरीले जाँच गर्दा उल्लेखित गाँजा फेला पारेको सशस्त्र प्रहरीले बताउँछन् ।
गाँजा फेला परेपछि इमरानलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका इमरानलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles