पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भट्टराईसँग विभिन्न दर्जाका पुर्व प्रहरीहरुको परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

आज, मिति २०८३ श्रावण २५ गते जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईज्यूद्वारा पर्सा जिल्लामा बसोबास गर्ने पूर्व प्रहरी कर्मचारीहरू संग परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


