Monday, August 10, 2026

प्रहरी बरिस्ठ नायव निरीक्षक पुजारा पुलिस अफ,दि,मन्थ घोषित

ताजा / भरखरै प्राप्त

उत्कृष्ट कार्यसम्पादन गरेकोमा प्रहरी वरिष्ठ नायव निरीक्षक सई, पुजारा पुलिस अफ दि मन्थ घोषित भएका छन् ।
पर्साका बिरगञज वडा प्रहरी कार्यालय विर्तामा कार्यरत रहेको प्रहरी वरिष्ठ नायव निरीक्षक सई, चक्रबहादुर पुजारा २०८३ साल असार महिनाका ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन् ।

प्रहरी संगठनको गरिमा, अनुशासन, व्यावसायिकता तथा कर्तव्यनिष्ठालाई उच्च प्राथमिकतामा राख्दै जिम्मेवारी निर्वाहका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा पुजारालाई ‘पुलिस अफ दि मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाइएको छ।

कर्तव्यप्रतिको समर्पण, अनुशासन, जिम्मेवारीबोध तथा प्रभावकारी कार्यसम्पादनका लागि पुजारालाई पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक( एसपी) पवनकुमार भट्टराईले बधाई दिँदै आगामी दिनमा समेत अझ उत्कृष्ट, जिम्मेवार र प्रभावकारी सेवा प्रदान गर्न सफलताको शुभकामना व्यक्त गर्नुएको छ।
प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन, सम्मान तथा उत्प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट कर्मचारी छनोट गरी ‘पुलिस अफ दि मन्थ’ घोषणा गर्ने गरिएको जिल्ला प्रहरी पर्साले जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles