Tuesday, October 22, 2024

गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ ।

ताजा / भरखरै प्राप्त

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले राष्ट्रपति लगायत विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको हो ।

कैलालीको टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले यही जेठ १६ मा दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश भएको छ ।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए । डिल्लीबजार जेलमा जन्मकैद सजाय काटिरहेका चौधरी १५ गते नै रिहा भइसकेका छन् ।

क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिन नमिल्ने भन्दै रिट दर्ता गराएकी थिइन् ।

Previous article
Next article
बगेर जाने बालुवा बेच्दा किन विरोध ? सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजालउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा नलाग्ने बताएका छन् । उनले बगेर खेर जाने बालुवा उत्खनन गरी बेच्ने कुरा आउँदा किन विरोध भइरहेछ भनी प्रश्न समेत उठाएका छन् ।आज (मंगलवार) जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार आफैले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने मात्र बताए । व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलार्य परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने समेत उनको भनाइ थियो ।‘सरकरले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो,’ उनले भने, ‘के गर्नुपर्छ, बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईहरुका समस्या समाधान गर्नेछ । प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन् । सरकार कटिवद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ ।’देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने उनको भनाइ थियो । पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै उनले आपत्ति समेत जनाए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles