Tuesday, September 16, 2025

नक्कली नोटसहित तीन जना पक्राउ

ताजा / भरखरै प्राप्त

नक्कली नेपाली नोटसहित प्रहरीले काठमाडौंमा तीन जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट मंगलबार साँझ सशस्त्र प्रहरीको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका २ का सुवास गुरुङ र रामेछाप गोकुलगंगा गाउँपालिका १ का मदन दमाई रहेका छन्।
उनीहरुको डेराबाट प्रहरीले एक हजार दरका १८२ थान नक्कली नोट बरामद गरेको छ। नोट बनाउन प्रयोग हुने कागज २०० थान पनि प्रहरीले बरामद गरेको छ। आवश्यक कारबाहीका लागि सशस्त्रले स्थानीय प्रहरीलाई जिम्मा लगाएको छ।

Previous article
Next article
कारागारमा कुटाकुट हुँदा २ को मृत्युसंखुवासभा — जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो । कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।साभसर।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles