Wednesday, May 13, 2026

बारामा १६८ किलो गाँजा

ताजा / भरखरै प्राप्त

बारा । बारामा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद भएको छ।कोल्हवी नगरपालिका-५, सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो।
स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ। यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाइ छ।

Previous article
टेम्पर ग्लास बरामदबारा । सशस्त्र प्रहरी बल, नेपाल बाराद्धारा न्युन बिल बिजक भएको ८ लाख बराबरको मोबाईलमा लगाउने टेम्पर ग्लास बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा मातहत स.प्र.बल,नेपाल विपद व्यवस्थापन बेश निजगढबाट २१ गते खटिएको टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बारा निजगढ न.पा.-८ स्थित पूर्व-पश्चिम राजमार्गको बकैया पुल ईलाकामा सम्सी महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.5ख.४७६७ नम्बरको यात्रु बाहक बसमा न्युन विल बिजक भएको अ.मुल्य ८ लाख बराबरको मोबाईलको PVC Temper Glass १६ कार्टुन (१६ हजार पिस) बरामद गरी आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
Next article
राैतहट र बारामा खुलेयाम तस्करी धन्दा चालु -:सिम्रौनगढ नाका तस्करका लागि उर्वरकलैया । सरकारी बजेट झण्डै दुई खर्वले नोक्सानीमा रहेको तथ्य अर्थमन्त्रीले संघीय संसदमा नै पेश गरे । कुनै पनि भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकेनन् । अझै बिशेष गरेर भारतसंग सीमा जोडिएका तराईका जिल्लामा रहेका भन्सारको राजश्व संकलनको स्थिति दयनीय नै छ । यो अवस्था आउनुमा मुख्य कारण भनेको सीमावर्ती क्षेत्रमा हुने गरेको चोरी तस्करी नै प्रमुख कारण हो भन्ने कुरामा विवाद रहेन। खास गरेर सुरक्षाकर्मीहरूको सहयोग , संरक्षण र सेटिङमा सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी कै कारण नै राजश्व संकलनमा ठूलो असर परेको यथार्थता हो । अहिले बारा जिल्लाका नाकाहरू तस्करका लागि उर्वर भूमि नै बनेको छ । तस्करहरूले धेरै मात्रामा सिम्रौनगढ नाकाबाट तस्करीको र सिन्डिकेट नै चलाएका छन् ।अहिले सिम्रौनगढ मा ,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles