Sunday, May 31, 2026

कोशीका मुख्यमन्त्री कार्कीसँगै तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

ताजा / भरखरै प्राप्त

सर्वाेच्च अदालतको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त भएका नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको हैसियतले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् ।२०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउन असफल भएपछि कार्की असार १५ गते पदमुक्त भएका थिए।
सर्वोच्च अदालतले बिहीबार कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत बदर गरेको थियो । साथै, सर्वाेच्चले कार्कीको नियुक्ति पनि बदर गरेको थियो।
साथै, सर्वाेच्चले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको सरकार ४८ घन्टाभित्र बनाउन परमादेश पनि दिएको थियो।
सोही परमादेशअनुसार कार्कीले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री कार्कीसँगै तीन मन्त्री र एकजना राज्यमन्त्री नियुक्त भएका छन्। कार्कीसँगै उनीहरुले पनि सपथ लिएका छन् ।
ऊर्जामन्त्रीमा तिलकुमार मेन्याङ्वो, वन तथा वातावरणमन्त्रीमा पाँचकर्ण राई र भौतिक पूर्वाधार मन्त्रीमा एकराज कार्की नियुक्त भएका छन्। यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। साभार।

Previous article
Next article
सुन तस्करी प्रकरणविमानस्थल भन्सारका तीन कर्मचारी पक्राउत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् । प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरु कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् । सुन तस्करी पक्ररणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles