जिल्ला प्रहरी परिसर
काठमाडौंले पुण्य गौतममाथि रड प्रहार गरेको
आरोपमा दुई जनालाई नेपाल प्रहरीले
पक्राउ गरेको छ।
काठमाडौंको गोकर्णेश्वरका ४६ वर्षीय गौतममाथि रड
प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे घर भई
भक्तपुरको च्यामासिंह
बस्ने ३० वर्षीय टासी
लामा भन्ने संजिव तामाङ
र रसुवा घर भई गोकर्णेश्वर
नगरपालिका-४ बस्ने ४१
वर्षीय मिलन भन्ने
दिलबहादुर गङदान छन् ।
संजिवलाई मंगलबार र
दिलबहादुरलाई बुधबार
पक्राउ गरिएको जिल्ला
प्रहरी परिसर काठमाडौंका
एसपी नवराज अधिकारीले
बताएका छन् ।
उनीहरुले पुण्य गौतममाथि
रड प्रहार गरी घाइते
बनाएर फरार रहेका थिए ।


