सुकुम्बासी अतिक्रमण व्यवस्थापन गर्न उपत्यका सुरक्षा प्रमुखद्वारा निरीक्षण सुरक्षा चुनौतीको विषयमा छलफल


काठमाडौँ उपत्यका कार्यालय प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, डिआईजी ओम अधिकारी, सशस्त्र प्रहरी बलका डिआइजी सुरेश श्रेष्ठ तथा काठमाडौँ जिल्ला प्रहरी प्रमुख एसएसपी रमेश थापाले आजको सुरक्षा व्यवस्थापन सम्बन्धमा अनुगमन तथा सुरक्षा चुनौतीबारे छलफल गर्नुभएका छन् ।


नेपाल प्रहरीका एआईजी ईश्वर कार्की सहितको टोली,सुकुम्बासीको सुरक्षा अवस्था बुझ्नफिल्डमा पुगेका थिए ।काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, डिआईजी ओम अधिकारी, सशस्त्र प्रहरी बलका डिआइजी सुरेश श्रेष्ठ लगायतका सुरक्षाकर्मीका टोलीहरू काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तीमा पुगेर त्यहाँको अवस्थाबारे निरीक्षण गर्नुभएका थिए ।


