जनकपुरतर्फ जादै गरेको
ना.३. ख २७२३ नं. को
यात्रु बाहक बस भिमफेदी
गापा-६ गोल्पिङ्गमा ब्रेक
फेल भएर सडकबाट २०
मिटर तल खस्दा ४५ जना
यात्रु मध्ये ४० जना घाइते
भएका छन् ।
दुर्घटनापछि हेटौडाबाट
काठमाण्डौ तर्फ जाँदै
गरेको बा.२.ज.९८३ र
टेक्सी (बा.२ च.८०) लाई
ठक्कर दिएको थियो।
घटनाबारे जानकारी
पाएपछि कारागार सुरक्षा
वेश भिमफेदीबाट सशस्त्र
प्रहरी नायब निरीक्षक
साहको नेतृत्वमा ११
जनाको टोली खटिएको
थियो । टोलीले घाइते
यात्रुलाई उद्धार गरेर
उपचारका लागि जिल्ला
अस्पताल हेटौडा पठाएका
छन् ।


