सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल
जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा
लगिएको छ ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा
लगिएको हो ।
उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्याइएको प्रहरी
स्रोतले बताएको छ ।
आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ ।
त्यसपछि पुनः पोखरा फर्काइने छ ।रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा
लैजाने तयारी छ ।
समय भने निश्चित नभइसकेको
प्रहरी स्रोतले बतायो ।
रवि र छवि दुवै सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।


