मिडिया काउन्सिल तथा समाजिक संजाल विधेयक माथि सामूहिक छलफल कार्यक्रममा सहभागीताको लागि सम्पूर्णमा श्रमजीवी पत्रकार ज्यूमा अनुरोध ।
यहीँ २०८१ फाल्गुन २ गते शुक्रबार दिउँसो १:०० बजे जिल्लाको सम्पूर्ण श्रमजीवी पत्रकारज्यूहरू नेपाल सरकारले ल्याउन खोज्दै गरेको “मिडिया काउन्सिल र समाजिक संजाल विधेयक” बारे श्रमजीवी पत्रकार संघ रौतहटद्वारा विशेष अन्तक्रिर्या तथा सरकारलाई दबाबमूलक बहस कार्यक्रमको आयोजना गरिएको छ ।
यसमा कार्यक्रममा जिल्ला समन्वय समिति सभापति, प्रमुख जिल्ला अधिकारी, नागरिक समाज, राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि, नेपाल बारएशोसियन अध्यक्ष, कानुन विद अधिवक्ता, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष, वरिष्ठ पत्रकार, जेष्ठ नागरिक समाज, निर्माण व्यावसायिक संघ, संघसंस्था अध्यक्ष वा प्रतिनिधि, बुद्धिजीवी नागरिक, राजनीतिक विश्लेषक, स्थानीय अभियान्ता, उधोग वाणिज्य संघ, पूर्व प्रधानाध्यापक, जेष्ठ नागरिक, प्रादेशिक अस्पताल गौर, जनस्वास्थ्य कार्यालय गौर, गौर भन्सार, टिकटक वा समाजिक संजाल प्रयोगकर्ता, क्रिकेट संघ, हनुमान धर्मशाला, दुर्गा कला मन्दिर, दियालो युवा क्लब, राजनीतिक दल, महिला अधिकारकर्मी, विभिन्न क्षेत्रमा आवद्ध एवं व्यक्ति विशेषको विचार विमर्श संकलनका लागि अनिवार्य रूपमा सहभागी भईदिन हुन सादर अनुरोध गर्दछौं ।
कार्यक्रम :- मिडिया काउन्सिल र समाजिक संजाल विधेयक बारे छलफल कार्यक्रम
मिति :- २०८१/फाल्गुन/ ०२ शुक्रबार
स्थान :- Gmart Hotel को सभा मधेशी क्रान्ति बिपी चौक गौर
समय :- दिउँसो १:०० बजे
आयोजक :- श्रमजीवी पत्रकार संघ जिल्ला कार्य समिति रौतहट गाैर ।


