Sunday, May 31, 2026

रौतहटमा चक्कु प्रहारबाट दुई जना घाईते:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ हर्साहामाचक्कु प्रहारएबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ बर्षीय_राजाबाबु पटेल घाईते भएका हुन् ।
सोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेको वृद्ध सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका थिए।
झगडा सुल्झाउन गएको अर्का युवक राजाबाबू माथी अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा राजाबाबुलाई पनि गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् । हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको परिवारजनको आरोप छ। घाइते दुबै जनाको बिरगंजमा हाल उपचार भइरहेको स्थानीय युवक आनन्द पटेलले बताएका छन् ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।घटना बारे बिस्तृत बिबरण आउन बाकी रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles