कुलमान घिसिङको समर्थनमा प्रदर्शन बडेपछि नेपालको विभिन्न ठाउमा सुरक्षाकर्मि खटाएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकिएपछि उनको पुनर्नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादले देशव्यापी रूपमा विरोध प्रदर्शनहरू भइरहको बताइएको छ।
विशेष गरी, काठमाडौंको राजधानी र अन्य शहर क्षेत्रहरूमा, प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै ऊर्जामन्त्रीको पुत्ला दहन गरेका छन् ।
कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गर्न खेलेको भूमिकाका कारण सर्वसाधारणमाझ लोकप्रिय रहेको बताइएको छ ।
उनको पुनर्नियुक्ति नहुँदा जनतामा असन्तुष्टि बढेको देखिन्छ । यस घटनाले राजनीतिक वृत्तमा पनि बहस सिर्जना गरेको छ ।
प्रदर्शनकारिहरूले देशको राजनीतिक र ऊर्जा क्षेत्रमा गम्भीर प्रश्नहरू उठाएका छन् , र सरकारले यस विषयमा कसरी प्रतिक्रिया दिने छन् , भन्ने कुरा अझै स्पष्ट भएको छैन ।


