वीरगंजमा समाचार संकलनको क्रममा घाइते हुन पुगेका पत्रकार अनिल ओझा र अर्जुन गुप्ताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रहरी वा प्रदर्शनकारीको पक्षबाट पत्रकारमाथि आक्रमण हुनु गम्भीर विषय हो । यसले अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष पत्रकारितामाथि प्रहार गर्छ । यस्तो निन्दनीय कार्यका दोषी पहिचान गरी यथाशीघ्र कानुनी कारबाही हुनुपर्छ ।
साथै, जोखिमयुक्त अवस्थाहरूमा रिपोर्टिङ गर्दा वीरगंज लगायतका सबै पत्रकार मित्रहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्दै पेशागत आचारसंहिताको पालना गरि समाचार संकलन गर्न विशेष आग्रह गर्दछु । लोकतन्त्रमा पत्रकारको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न हामी सबै एकजुट हुन
आवश्यक छ ।
सभार ।


