प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।उनीहरूलाई प्रचलित नियमअनुसार हालकै दरबन्दीबाट तलब, भत्ता तथा रासन सुविधा प्राप्त हुने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


