सर्लाहीको गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसेनले आफूलाई मन परेकी युवतीसँग विवाह गर्न नपाएको झोकमा आज आइतबार बिहान टेलिकमको टावरमा चढेर सबैलाई त्रसित बनाएका थिए” मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका छन् । उनी राति नै टावरमा चढेको आशंका गरिएको छ । उनले आज बिहान ४ बजे साथीलाई फोन सम्पर्क गरेर बोलाएपछि घटनाबारे थाहा भएको बताइएको छ ।

प्रहरीले थाह पाए लगत्तै उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीले उनका बुवा र दाजुलाई टावर भएको स्थानमा बोलाएर हुसेनसँग टेलिफोन सम्वाद गराइदिएको थियो । त्यसपछि उनी तल ओर्लिएको प्रहरीले बताएका छन् । उनी आफ्नो प्रेमिकालाई बोलाउन आग्रह गर्दैं टावरमा चढेको अशंका गरिएको स्थानीय स्रोतले बताउँछ ।

र्लाहीको सदरमुकाम मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले करिब साढे तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरेका छन्।


