
रौतहट जिल्लाको सदरमुकाममा रहेको बरहवा तालमा सशस्त्र प्रहरी राैतहटले मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरेको छ ।
राैतहट जिल्लाको विपद् व्यवस्थापन समितिको आयोजनामा राैतहट जिल्लाका तीन वटै सुरक्षा निकायले संयुक्त रुपमा गौर नगरपालिका–४ स्थित बरहवा तालमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको सशस्त्र प्रहरी राैतहटले जनाएको छ ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई–मधेशमा मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक सर्तकता अपनाउनका लागि विपद् प्रतिकार्य अभ्यास गरिएको बताउनु भएको छ ।
‘‘विपद्को उच्च जोखिमयुक्त राैतहट जिल्ला भएकाले पनि विपद् प्रतिकार्य अभ्यास गरिको बताइएको छ, विपद् प्रतिकार्य अभ्यासमा नेपाली सेना नारायण दल गण, तथा जिल्ला प्रहरी कार्यालय रौतहट, र सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटर तथा विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा संयुक्त टोलीबाट मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी, रेस्क्यू ईप्रोभाईज सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटर बोट तथा पुलबाट रेस्क्युको प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्य क्रृतिम अभ्यास लगायत ‘वाटर सर्च एण्ड रेस्क्यु’ सीएसएसआर र फायर फाइटिङ का सामग्रीहरुको प्रदर्शनी कार्यक्रम समेत सञ्चालनमा भएको थियो । रौतहट जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)नेत्रमणि गिरीले वर्षायाममा सम्भावित हुनसक्ने विपद्जन्य घटनालाई न्यूनीकरण गर्नका लागि सो अभ्यास गरिएको जानकारी दिनु भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हे क्वाटर रौतहटका गणपति सन्तोषकुमार बस्नेतले यस्ता खालका गतिविधिले विपद्मा उद्दार र राहतमा ठूलो सघाउ पु¥याउने बताउनु भएका छन् ।
बस्नेतले भने हामीले विपद्सँग जुध्नका लागि समय समयमा यस्ता खालका अभ्यास गर्दै आइरहेका छौं ।’’ सो अभ्यासको कार्यक्रममा राैतहट जिल्लाका करिव दुई सय ५०,जनाभन्दा बडी स्थानीयहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी)संतोषकुमार बस्नेतले जानकारी दिनु भएको हो ।


