

सशस्त्र प्रहरी बल पर्साले ७५ कार्टुन (७५००,गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – ५ डकैला बहुअरी चोकबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ३ वटा भारतिय नं. प्लेटको मोटरसाइकल लोड गरी नेपाल तर्फ ल्याउदै गरेको ७५ काटुन ( ७५०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, तथा संचारकर्मी र क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा पर्साका बिरगंज नं.१३ गण परिसर भित्र नष्ट गरिएको र उक्त चल्ला पैठारी कार्यमा प्रयोग भएका तिनवटा मोटरसाइकल आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रकियामा रहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बिरगंजका सुचना अधिकारी तथा
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिनु भएका छन् ।


