Sunday, April 26, 2026

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक सईको मृत्यु:-

ताजा / भरखरै प्राप्त

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने झापाको कमल गाउँपालिका–३ सानो केर्खामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामका सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते सई राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles