Sunday, May 31, 2026

जिल्ला प्रहरी कार्यालय, बाराद्वारा जारीप्रेश विज्ञप्‍तीमिति २०८२/०३/२२ गते ।

ताजा / भरखरै प्राप्त

अखाद्य तेल जन्य पदार्थ, गाडी सहित मानिस पक्राउ”

मिति २०८२।०३।२२ गते अं. १५:०० बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा. वडा नं. २२ हलेसि पेट्रोल पम्प नजिक ऐ.ऐ. बस्ने विष्णुराज ठकुरीको जग्गामा ऐ.ऐ. मा वस्ने अं. बर्ष २२ को सुरेन आले संचालन गरेको गाडी वास ग्यारेज पछाडी खालि ठाउँमा तेल ट्याङकरबाट तेलहरु चोरी गरि बेचबिखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.सिमरा, बाराबाट प्र.ना.उ. वेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले ना. १ क २८३६ नं. को मिनि ट्रक चालक जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा. वडा नं. १२ फत्तेपुर बस्ने अं. बर्ष २१ को सुवास चौधरीले निम्न तेलहरु उक्त ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी निम्न बिभिन्न प्रकारको तेल तथा तेलजन्य अखाद्य पदार्थहरु जम्मा अं. ७,९९५ (सात हजार नौँ सय पन्चानब्बे) लिटर र उक्त मिनि ट्रक सहित ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
निम्न:-
१) १००० लिटरको ६ वटा ड्रम र १५ लिटरको ५३ वटा ग्यालेनमा गरी जम्मा ५,७९५ (पाँच हजार सात सय पन्चानब्बे) लिटर बनस्पति जन्य तेल जस्तो देखिने अखाध्य पदार्थ (अ. मुल्य रु ६३७४५०।-)
२) २०० लिटरको ५ वटा ड्रममा १००० (एक हजार) लिटर पेट्रोल (अ. मुल्य रु१,६२,०००।-)
३) २०० लिटरको ३ वटा ड्रममा ६०० (छ सय) लिटर डिजल (अ. मुल्य रु. ८७६००।)
४) २०० लिटरको २ वटा ड्रममा २०० लिटर र १ वटा ड्रममा १०० लिटर र २० लिटरको १५ वटा ग्यालेनमा ३०० लिटर गरि जम्मा ६०० (छ सय) लिटर मट्टितेल ( अ. रु. ८९४००।-)
जम्मा अं. मु.रु ९,७६,४५०।- (नौ लाख छहत्तर हजार चार सय पचास ) मुल्य बराबरको रहेको खुलेको ।

                                                                                                         
                                                                                                  
                                                                                                 
                                                                                             
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles