Sunday, May 31, 2026

मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख बाहिनी पत्ती (डीआईजी)कृष्ण ढकाल तथा मधेस प्रदेशका प्रहरी प्रमुख (डीआईजी)उमा प्रसाद चतुर्वेदीको कमाण्ड कन्ट्रोलमा दुबै डीआईजी अब्बल भुमिका रहेको थियो, मुस्लिम समुदायको मोहरम पर्व (दाहा) यस वर्षको शान्तिपूर्वक सम्पन्न भएको छ ।

ताजा / भरखरै प्राप्त


मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा मुस्लिम समुदायहरुद्वारा निकालिएको मोहरम पर्व ताजिया अर्थात (दाहा)यस वर्ष पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको स्थानीयहरुको भनाइ रहेको छ ।
यसमा मधेश प्रदेश प्रहरी प्रमुख (डिआईजी)उमा प्रसाद चतुर्वेदी र मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआईजी)कृष्ण ढकालको नेतृत्व र कमाण्ड कन्ट्रोल प्रणाली प्रशंसनीय देखिएको मधेस प्रदेशका स्थानीयहरुले प्रशंसा गरेका छन् ।
प्रहरी संगठनभित्र डिआईजी चतुर्वेदी एक निडर, दक्ष अनुसन्धानकर्ता र भिड नियन्त्रणमा अब्बल अफिसरका रूपमा चिनिन्छन्। मधेश प्रदेशको प्रमुख बनेदेखि उनले मुद्दा शाखा, आर्थिक लेनदेन शाखा, अपराध अनुसन्धान शाखा तथा महिला–बालबालिका शाखामा उल्लेख्य सुधार ल्याउँदै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा अनुभव हुने गरी काम गर्दै आएको स्थानीयले पनि बताउँछन् ।
मधेश प्रदेशमा पर्ने जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा गरी २२१ ठाउँमा महरम पर्वको अवसरमा ताजिया (दाहा) निकालिएको थियो। र सुरक्षा व्यवस्थापनका लागि ३४८८६ सुरक्षाकर्मी खटाइएका थिए ।
विगतका वर्षहरूमा महरमका क्रममा भिड नियन्त्रणमा समस्या देखिन्थ्यो भने कहिलेकाहीँ झडप र अशान्ति समेत हुने गर्थ्यो । तर यसपटक डिआईजी उमा चतुर्वेदीको सशक्त नेतृत्वमा कुनै अप्रिय घटना भएको छैनन् ।
मधेस प्रदेधमा (डिआईजी) चतुर्वेदीले कमाण्ड सम्हालेदेखि जनताको समस्या छिटो सम्बोधन हुने व्यवस्था मिलाएका छन्। कानुन बमोजिमको सेवा तत्काल दिन निर्देशन दिएपछि सर्वसाधारण प्रहरी कार्यालय धाउने झन्झटबाट समेत बचेका छन् ।
यस वर्ष केही ठाउँमा हिन्दु–मुस्लिम समुदायबीच मनमुटावको सम्भावना देखिएको भए पनि डिआईजी चतुर्वेदीको ‘प्रोफेशनल डेडिकेशन’ ले सम्भावित विवादलाई नियन्त्रणमा रहेको छ ।
पर्साका वीरगञ्जमा मोहरम पर्वको(दाहा) निकालिँदा पर्सा जिल्लाका प्रहरी प्रमुख” प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र स्वयं फिल्डमा खटिएर सुरक्षा व्यवस्थापन गर्नु भएका थिए।
डिआईजी चतुर्वेदी स्वयं सबै जिल्लामा पुगेर सुरक्षाको आकलन गरेका थिए र प्रदेश प्रहरी कार्यालयबाट निरन्तर ‘मिनेट–मिनेट’को अपडेट संकलन गर्दै निर्देशन दिइरहेका थिए ।
यसपटक पर्साका वीरगञ्जमा विशेष गरि पर्साका प्रहरी प्रमुख सशस्त्र प्रहरी प्रमुखहरुको ध्यान रहेको थियो।
यसरी राम्रो कमाण्ड र समन्वयको उदाहरण प्रस्तुत गर्दै मधेश प्रदेशका दुबै प्रहरीको टोलीले मुस्लिमहरुको महान पर्व महरमको (दाहा) यस् वर्षको शान्तिपूर्ण रूपमा सम्पन्न गराएर नागरिकस्तरबाट प्रशंसा कमाउन सफल हुनु भएका छन् । भने मधेस प्रदेशका आम नागरिक जनताहरु पनि प्रहरीहरुलाई प्रशंसा गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles