Sunday, May 31, 2026

मकवानपुर प्रहरीद्वारा ३४ लाखको तस्करीका समान बरामद:-

ताजा / भरखरै प्राप्त

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीको नेतृत्वमा कारवाही:
चौँतीस लाख बराबरको भन्सार छलिका सामान बरामद भऐको छ । आज मिति २०८२ असोज २४ गते बिहान ४:१० बजेको समयमा हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडि पूर्व–पश्चिम राजमार्गमा नियमित जाँचका क्रममा मधेश प्रदेश ०३–००१च ९०२३ नं.को योद्धा गाडी रोकी तलासी गर्दा उक्त सामान फेला परेको मकवानपुरका डिएसपीले जानकारी दिएका छन् ।
गाडी चालक रौतहट बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय बिजय साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको तस्करीका समान र पटाका गाडीका पछाडिको ढालाभित्र लुकाइ–छिपाइ ल्याइएका साडी १३० थान, कुर्था ६९६ थान र टप्स १७५ थान गरी जम्मा १००१ थान कपडा (अन्दाजी रु. १४ लाख) र प्रतिबन्धित पटकाजन्य पदार्थ वस्तु (अन्दाजी रु. २० लाख) बराबरको फेला परेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles