

मिति २०८२।०६।२३ गते सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले जिल्ला पर्सा बिरगञ्ज–१६ भन्सार मेनगेट चेकप्वाईन्ट टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बा १२ च ३१०३ नम्बरको Hyundai Xcent कार चालक गाडी छाडी फरार भएको र उक्त कारलाई चेकजाच गर्दा कार भित्र ९ वटा कार्टुनमा डिकी भित्र राखी लुकाई छिपाई रु.५०,०००।- बराबरको पटाकाहरु फेला परेकोमा हुदा आवश्यक प्रकृया पुरा गरि पटका पानिमा हालि नष्ट गरिएको र सो कार्यमा प्रयोग गरिएको कारको रु. १८ लाख मूल्यांकन गरी आवश्यक कार्वाहिको लागी आजै बीरगंज भन्सार कार्यामा बुझाएको छ ।
सुचना अधिकारी
सुरज कार्की
सशस्त्र प्रहरी नायव उपरिक्षक


