Wednesday, June 3, 2026

मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त:सुरेन्द्र कर्णलाई सिफारिस:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस भएको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस मामलाका जानकार कर्णलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। मधेस प्रदेशको मुख्यमन्त्रीमा विवादस्पद निर्णय गरेकी प्रदेश प्रमुख सुमीत्रा भण्डारी सुवेदीलाई बर्खास्त गर्दै सरकारले कर्णलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख‍मा कर्णलाई नियुक्त गर्नेछन्।


सरकारले मधेश प्रदेश सरकार प्रमुख सुमीत्रा भण्डारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्दै सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्ने निर्णय गरेको हो।
छ भण्डारीले सोमबार बिहानै झिसमिसेमै मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्रीको दाबीको लागि आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।


उनको यादवलाई ठूलो दलको हैसियतमा नियुक्ति गरेको बताएकी छन्। उनको नियुक्ति र प्रक्रियालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। नेपाली कांग्रेससहित ७ दलले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड गर्दै ताला लगाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles