Saturday, May 30, 2026

एमाले पार्टीले महाधिवेशनका नाममा चन्दा उठाउदैँविनय आजाद:-

ताजा / भरखरै प्राप्त

सिरहा जिल्लामा नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि सिरहामा चन्दा मागेको पाइएको छ । एमालेले महाधिवेशनका नाममा सरकारी कार्यालय, उद्योग, विद्यालयलगायतसँग चन्दा असुली गरिरहेको भेटिएको छ । एमाले सिरहाले भूमि सुधार तथा मालपोत कार्यालयसँग ५१ हजार रुपैयाँ चन्दा बुझेको रसिद हिजो बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एमालेका सिरहा नगरपालिका अध्यक्ष दीपक यादवले मालपोतसँग चन्दा मागेको कुरा स्वीकार गर्नुभएको छ । मालपोत धेरै घुस खाने अड्डा भएकाले धेरै चन्दा मागिएको तर पैसा भने आफूलाई प्राप्त भइनसकेको दाबी उहाँले गर्नु भएको छ ।

नगर अध्यक्ष यादवका अनुसार, सदरमुकामका अन्य सरकारी कार्यालयसँग पनि मालपोतकै हाराहारीमा चन्दा मागिएको छ । सरकारी अड्डाका साथै विद्यालय, उद्योगलगायतसँग पनि सहयोस्वरूप चन्दा माग गरेको उहाँले बताउनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles