




७६ हजार १७०,पीस ट्रामाडोक लागु औषधसहित ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल ७६१७० पीस सहित चार जनालाई पक्राउ गरेको पर्साका प्रहरीले बताउँछन् ।
पर्साका वीरगन्ज महानगरपालिका वडा १५ स्थित प्रतिमा चौक स्थित टिकट काटने काउन्टर नजिजबाट ईभी गाडीमा बाट ७६१७०पीस लागूऔषध ट्रामाडोल क्यापसुल बरामद गरेको प्रहरीले बताएका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने बर्ष २० वर्षको युवराज पटेल, र २१ वर्षका अफजल देवान, जिल्ला धाडिङ्ग बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ६ बस्ने १८ वर्षका रामहरि मगर र सिदलेख गगाउँपालिका वडा वडा नम्बर ७ बस्ने १९ बर्षको राजकुमार मगराती रहेको पर्साका प्रहरीले जनाएका छन् ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रिपुरबाट खटिगएको प्रहरी टोलीले प्रतिमा चौकमा टिकट काटने काउन्टर नजिक सार्वजनिक बागमति प्रदेश०८-००१ज०११७ नम्बरको ईभि गाडीलाई रोकी चेकजाँच गर्दा रातो र गुलाबी गरि दुईवटा सुटकेश भित्र लुकाई छिपाई राखिएको अवस्थामा trymadol hydrochloride capsyl ip ७६१०पिस सहित चार जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकले पत्रकार सम्मेलनमा गरि बताउनुभयो हो ।
पक्राउ परेका निजहरू विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताएको छन् ।


