Saturday, May 30, 2026

स्याङ्जामा कांग्रेसको दुई अनुहार इन्द्रबहादुर रिजाल धनराज गुरुङ:-

ताजा / भरखरै प्राप्त

स्याङ्जा जिल्लामा नेपाली कांग्रेसमा हेभीवेटदेखि नयाँ अनुहार’इन्द्र रिजालदेखि धनराज गुरुङसम्मको प्रतिस्पर्धा तिव्र ।

नेपाली कांग्रेस स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस सूची केन्द्रमा पठाएसँगै जिल्लाको राजनीतिक वातावरण तातिएको छ । बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले सार्वजनिक गरेको सूचीमा पार्टीका केन्द्रीय उपसभापति देखि वरिष्ठ सञ्चारकर्मीसम्मका नाम समेटिनुले कांग्रेसभित्रको टिकट प्रतिस्पर्धा चर्किंदै गएको संकेत ।

यसपटक सबैभन्दा बढी चर्चा पाएका नाममध्ये एक हुन्—वरिष्ठ पत्रकार तथा ‘नेपालबहस डटकम’का प्रधानसम्पादक इन्द्रबहादुर रिजाल । कांग्रेस प्रचार विभागका केन्द्रीय सदस्य समेत रहेका रिजाललाई स्याङ्जा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ सिफारिस गरिएको हो । पत्रकारितामार्फत राष्ट्रिय राजनीतिमा सक्रिय भूमिकामा देखिँदै आएका उनी प्रत्यक्ष प्रतिस्पर्धामा आउनसक्ने संकेतले स्याङ्जाको राजनीतिक समीकरणमा नयाँ बहस उत्पन्न भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles